+
+

प्रधानमन्त्रीको प्रश्न-किन बोक्नुपर्‍यो दुई लाखका ३-३ वटा मोबाइल ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते २१:४३

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैवटा महँगा मोबाइल बोक्ने प्रवृत्ति सही नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले हातभरि मोबइल बोक्ने प्रवृत्ति सच्याउने गरी अघि बढ्नुपर्ने औंल्याए ।

‘फेसन नै जस्तो भयो, २ लाखका मोबाइल ३ वटा बोकेको देखिन्छ । २ लाखको मोबाइल एउटा बोकेपछि अर्को मोबाइल चाहिँ १० हजार रूपैयाँभन्दा माथिको बोक्न नपाउने । किन बोक्नुपर्‍यो ?’ उनले भने, आधुनिक सुविधा प्रयोग गर्नुपर्‍यो भने एउटा भए भयो ।’

प्रधानमन्त्री ओलीले अघि भने ‘यसो साथीहरुको हातमा देख्छु, यत्रो बिटो हुन्छ मोबाइलको । कतिका हुन्छन् भन्दा लेटेस्ट मोडलका हुन्छन् सबै । एउटा सामसुङको हुन्छ, अर्को एप्पलको हुन्छ, अर्को केको हुन्छ । दामी मोबाइल त्यत्रो किन ? ’

सरकारले अलिकति नमूना काम देखाउनुपर्ने भन्दै उनले अघि भने,‘एउटा त ठीक छ, मोर्डन फेसिलिटी छ । सबै कुरा गरौं, द्याट्स ओके । तीन वटा त्यस्तो किन बोक्ने ?’ ।

उनले सुन लगाएर त्यसलाई देखावटी रुपमा प्रदर्शन गर्ने नेपाली प्रवृत्तिबारे एउटा उदाहरण दिंदै भने,‘३–३ वटा महँगा मोबाइल चाहिँ नबोकौं । दुई वटा पनि नबोकौं । एउटासम्म बोक्नु ठीक छ । त्यसमै सबै चिज प्रयोग गर्न पाइहालिन्छ । अर्को एउटा फोन गर्न चाहिन्छ भने ठीक छ । बोकिहाल्छ भने पनि एउटा सानो ।’

यस्तो बोल्दा मोबाइल फोन व्यवसायीले विरोध गर्ने पनि प्रधानमन्त्रीले बताए । ‘यो कुरा बाहिर गइहाल्छ, मोबाइल फोनवालाले पनि अब मेरो विरोध गर्ने नै भए ,’ उनले भने,‘तिनीहरुले प्रधानमन्त्री चाहिँ खासै गतिलालाई बनाइएन छ, व्यापारमा घटा हुने भयो । ३- वटा मोबाइल बोकेको ठाउँमा नबोक्नु भन्दिएछ भन्लालन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?