
१६ साउन, धनगढी । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का शिवराज ओझा छन् ।
मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेसमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4