+

पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

२०८१ साउन  १६ गते ९:१० २०८१ साउन १६ गते ९:१०
पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

१६ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ ।

जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत  र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ ।

आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत  र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ ।

ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ ।

इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमश: नवौँ र दशौँ स्थानमा छ ।

विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् ।

पदक तालिकामा एसियाली राष्ट्रहरु अघि रहँदा दक्षिण एसियाका राष्ट्रहरुको भने कमजोर प्रदर्शन जारी छ । भारतले दुई कांस्य जित्नु बाहेक अन्य दक्षिण एसियाली राष्ट्रले पदक जित्न सकेका छैनन् ।

नेपालबाट पेरिसमा विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता रहेकोमा ५ खेलाडीको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनका प्रिन्सले समूह चरणको अन्तिम खेल आज खेल्दैछन् । यस्तै एथ्लेटिक्स महिला म्याराथनमा सन्तोषी श्रेष्ठले अन्तिम दिन अर्थात ११ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् ।

जापान पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय