+
+

बाढीले भोजपुरको इर्खुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ९:१८

१६ साउन, काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सूचना अधिकारी कृष्णबहादुर बस्नेतका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये एकजना भने बच्न सफल हुँदा २ जना सम्पर्कविहीन भएका हुन् । ‘घटनास्थलमा टोली परिचालन भइसकेको छ । थप विवरण आउन बाँकी छ’, उनले भने ।

बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ । बाढीले केही घरमा पनि क्षति पुर्‍याएको बस्नेतले जानकारी दिएका छन् । ‘बाढीले कति क्षति पुर्‍याएको छ भन्नेबारे बुझ्ने काम भइरहेको छ, एकिन भइसकेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?