+
+

एलियन खोज्न चिलीको पहाडमा बन्दैछ संसारकै ठुलो दूरबिन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ११:४७

अन्तरिक्षमा दोस्रो ग्रहका जीव अर्थात् एलियनको खोजका लागि दक्षिण अमेरिकी मुलुक चिलीको पहाडमा संसारकै सबैभन्दा ठुलो टेलिस्कोप (दूरबिन) बनिरहेको छ।

सो टेलिस्कोपका लागि एउटै निकै ठूलो डोमको निर्माण गरिएको छ । यसको सञ्चालन युरोपियन साउदर्न अब्जरभेटरी (इएसओ) ले गर्नेछ। टेलिस्कोपको नाम Extremely Large Telescope हो।

चिलीको अटाकामा मरुभूमिमा रहेको सेरो आर्माजोन्स पहाडमा सो टेलिस्कोपको निर्माण भइरहेको छ। चार वर्षभित्रमा अर्थात् सन् २०२८ मा यो टेलिस्कोप सञ्चालनमा आउनेछ ।

हाल डोम माथिको सुरक्षा कवच बनाउने काम भईरहेको छ। साथै प्राथमिक लेन्सका लागि सपोर्ट पनि लगाइँदैछ ।

साथै डोमको चारैतर्फ थर्मल इन्सुलेसन लगाइएको छ र छेकबार पनि बनाइँदैछ । मौसमी परिवर्तनबाट जोगाउनका लागि पनि बाहिरी कभर लगाइँदैछ । किनकि चिलीको मरुभूमिमा तापमान विषम तहसम्म पुग्दछ। यो डोमको एउटा हिस्सा स्लाइड गरेर खोल्न तथा बन्द गर्न सकिन्छ।

जहाँबाट टेलिस्कोपको हिस्सा खुल्ने तथा बन्द हुने गर्दछ, त्यहीबाटै टेलिस्कोपले अन्तरिक्षको निगरानी गर्नेछ। साथै यसले बाह्य ब्रम्हाण्डको ग्रहहरुको खोजी गर्नेछ र सौर्यमण्डलको अध्ययनमा सहयोग गर्नेछ । यसले प्राचीन आकाशगंगाहरूको खोज गर्नुका साथै सम्भावित बाह्य ग्रहका जीव अर्थात् एलियनहरुको खोजीमा समेत सघाउने बताइएको छ।

यो टेलिस्कोपको प्राथमिक लेन्स (एम वान) १२८ फिट चौडा हुनेछ । यसको वजन २ सय टन हुनेछ । टेलिस्कोपलाई प्रतिस्थापित गर्नका लागि डोमभित्र ठुलाठुला क्रेन तथा गाडीहरुको प्रयोग भइरहेको छ। उक्त प्राथमिक लेन्स बनाउनका लागि ७९८ षटकोण आकारका काँचको प्रयोग भएको छ ।

यो विश्वको सबैभन्दा ठूलो खण्डीकृत लेन्स हो, जसलाई कुनै टेलिस्कोपका लागि बनाइँदै छ । यो टेलिस्कोपमा कुल ५ वटा लेन्स हुनेछन् । सबैको आकार फरक-फरक हुनेछ र काम पनि छुट्टाछुट्टै गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?