+
+

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ११:५५

१६ साउन, काठमाडौं । बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।

राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ । माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?