+
+

धनुषको ‘रायन’ले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:०२

काठमाडौं । साउथ स्टार धनुषको निर्देशन तथा शीर्ष भूमिका रहेको फिल्म ‘रायन’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।

२६ जुलाईमा रिलिज भएको फिल्मले रिलिजको चौथो दिनसम्म ४८.४५ करोड भारु कमाइ गरेको छ । फिल्मले पहिलो सप्ताहन्त विश्वभरबाट ७० करोड कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘रायन’लाई दर्शक र समीक्षक दुवैतिरबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । यो धुनष अभिनित ५० औं फिल्म हो, जसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । फिल्ममा सूर्या, सन्दीप किशन, कालीदास जयराम, अपर्णा बालमुरली, दुशारा जिवयमन, प्रकाश राज र सेल्वाराघवनले अभिनय गरेका छन् ।

तमिल भाषामा निर्मित यो फिल्मलाई हिन्दी लगायत अन्य भाषामा पनि स्वरांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?