+
+

झापाको प्रहरी हिरासतमा थुनुवाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:३२

१६ साउन, विराटनगर । झापाको प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । उनलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको थियो ।

१३ साउनमा ५ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका खड्कामाथि प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको थियो ।

मंगलबार राति करिब साढे १ बजे अचानक गम्भीर बिरामी भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । खड्काको मृत्युको कारण खुलेको छैन । पोष्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

हिरासतमा थुनुवाको मृत्यु भएको  घटनामा अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?