+
+

रुकुम पश्चिममा बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:५९

१६ साउन, काठमाडौं । रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।  उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।

मंगलबार बलात्कार भएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?