+
+

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:५७

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बौद्धगेटस्थित सडकमा बा९०प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका-९ घर भइ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्दै आएका चालक ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।

पुन मगरको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?