+
+

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १४:०४

१६ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

२१ दिन अवधिका लागि बोलकबोल हुने लागेको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ ।

निक्षेप संकलन उपकरण बोलकबोल भएर बुधबार नै निस्कासन हुेनछ । ५ भदौमा उक्त उपकरणको अवधि पूरा भएसँगै सावाँ र ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?