+
+

गृहमन्त्रीको प्रतिबद्धता : कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १५:४१

१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे । ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ’ उनले भने, ‘भर्खर २०/२१ जना सचिवको सरुवा भएको छ । ९१ जना न्यायाधीशको सरुवा भएको छ ।’

उनले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग भने हुन नदिने प्रतिबद्धता जनाए । ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?