+
+

केन्द्रीय सदस्य छान्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:०१

१६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल छन् ।

एक महिना अगाडि सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन यी तीन नेताको पद टुंग्याएर सकिएको थियो । त्यसपछि अघिल्लो कमिटीका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम ९३ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन् । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन ।

अर्को केन्द्रीय कमिटी बैठक १८ साउनमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?