+
+

यस्तो छ पल शाहको ‘रावायण’ अवतार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:०८

काठमाडौं । भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा पल शाहलाई फिचर्ड गरिएको छ । शुक्रबार टिजर सार्वजनिक हुनुअघि निर्माताले क्यारेक्टर पोस्टर बाहिर ल्याएका हुन् ।

पोस्टरमा शाहलाई दाह्री र क्रोधित अवतारमा पेश गरिएको छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश शाह लगायतको अभिनय छ ।

यो फिल्मलाई सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको निर्मात्रीमा अभिनेत्री समेत रहेकी पूजा शर्मा छिन् । फिल्ममा सुसन पाठक कार्यकारी निर्माताको रुपमा छन् ।

शिवम् अधिकारीको कथा रहेको फिल्ममा प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, नीरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?