+
+

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:३८

१६ साउन, काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?

१‍. डा. शंकरप्रसाद शर्मा – भारत
२. कान्ता रिजाल –अष्ट्रेलिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?