+
+

संसदीय समितिमा गएनन् प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:४७

१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् ।

समिति सभापति रामहरि खतिवडाका अनुसार प्रधानमन्त्रीलाई पत्र पठाएर उपस्थित हुन भनिएको थियो ।

तर प्रधानमन्त्रीले ओलीले आफ्नो स्थानमा गृहमन्त्री रमेश लेखकलाई बैठकमा पठाएका थिए ।

‘प्रधानमन्त्रीलाई समितिले आमन्त्रण गरेको रहेछ । उहाँको कार्यव्यस्तता र विषय ज्यादा गृह मन्त्रालयसँग सम्बन्धित रहेकाले प्रधानमन्त्रीले मलाई पठाउनु भयो,’ लेखकले समितिको बैठकमै भने ।

प्रधानमन्त्री ओलीले पनि आफू समिति बैठकमा उपस्थित हुन नसक्ने पत्र पठाएका थिए । सभापति खतिवडाले बैठकको अन्तिममा प्रधानमन्त्रीको पत्र प्राप्त भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?