+
+

राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १७:२४
नवनियुक्त प्रदेश प्रमुखहरु बायाँबाट क्रमश: दीपकप्रसाद देवकोटा, कृष्ण घर्तीमगर र यज्ञराज जोशी ।

१६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम  बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि बुधबार नै राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त पनि गरेका छन् । प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?