+
+

टप १० ब्रोकर कम्पनीले कति सेयर बेचे, कति किने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १७:३९

१६ साउन, काठमाडौं । बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भयो । जुन कारोबार रकम हालसम्मकै उच्च हो । यस कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको अंश ३६ प्रतिशत छ ।

टप १० ब्रोकर कम्पनीहरुले बुधबार ७ अर्ब ९५ करोडको धितोपत्र खरिद गरेका छन् भने ७ अर्ब ७८ करोडको बिक्री गरेका छन् । समग्रमा यी ब्रोकर कम्पनीको बिक्रीभन्दा खरिद केही धेरै देखिन्छ ।

यस दिन ७ ब्रोकर कम्पनीको खरिद धेरै देखिन्छ भने ३ कम्पनीको बिक्री धेरै छ । इम्पेरियल, अनलाइन, सनी, आर्यतारा, डायनामिक, दिपशिखा र लिन्च स्टक मार्केटबाट खरिद धेरै भएको छ । त्यस्तै नासा, भिजन र एबीसीमार्फत भने बिक्री धेरै भएको छ ।

सबैभन्दा धेरै कारोबार भएको नासा सेक्युरिटिजमार्फत १ अर्ब ४५ करोडको बिक्री हुँदा १ अर्ब २४ करोडको खरिद भएको छ । त्यस्तै दोस्रोमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १० करोडको खरिद हुँदा ९२ करोडको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?