+
+

राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १८:५८

१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य चुस्त बनाउन आग्रह गरे ।

‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको संख्या एकदम कम भयो । अरु सबै कुरा ठीक छ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सुशासनसँग सम्बन्धित रहेको बताए । ‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रदान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ,’ उनले भने ।

लेखकले ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी काम गर्न पनि निर्देशन दिएका छन् । ‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यावहारिक थिएन । तर ज्येष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गर्न सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?