+
+

माओवादीमा हरिबोलले राखे पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:०४

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको सुधार माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने प्रस्ताव गरेका छन् ।

मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव गरेका थिए । त्यसमध्ये एउटा प्रस्ताव थियो, विधानको पालना गर्ने नेता–कार्यकर्ता ।

‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भनेका थिए । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए ।

‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को निर्णय गर्नु हुन्न’, गजुरेलको तर्क थियो ।

पार्टी सुधारको अभियान यही गल्ती सच्याएर थाल्नुपर्ने उनले बताएका थिए । त्यसका लागि पदाधिकारीहरुले सामूहिक राजीनामा दिने विकल्प गजुरेलले राखेका थिए । ‘अध्यक्षलाई हामी सबैले सामुहिक राजीनामा दिऔं । किनकि हाम्रो यो संख्याले विधानको उल्लङ्घन भएको छ’, गजुरेलले भनेका थिए ।

तर पदाधिकारी बैठकमा गजुरेलले आफ्नो समयमा बोलिरहेकाले अरु कसैको प्रतिक्रिया हुने कुरै भएन । बरु गजुरेलले नै अगाडि भने, ‘विधि र पद्धतिको पालना गर्ने कुरामा तपाईंहरु सामूहिक राजीनामाको प्रस्तावमा तयार हुनु हुन्न भने म चाहिँ राजीनामाका निम्ति अध्यक्षसँग अनुमति चाहन्छु ।’

यसबाहेक पार्टी पुनर्निर्माणका लागि भनेर अरु प्रस्तावहरु समेत गजुरेलले बैठकमा राखेका छन् । ‘मेरो तर्फबाट प्रस्तावहरु राखे, तर निर्णय त सामुहिक निष्कर्षमा हुने हो । छलफल भइरहेकै छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?