+
+

कुमारी बैंकका ग्राहकलाई डीआई स्किन तथा डेन्टल केयरमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:०८

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको गोल्फुटारमा रहेको डीआई स्किन हस्पिटल प्रालि तथा डीआई डेन्टल केयर प्रालिमा विशेष छुट पाउने भएका छन् ।

डीआई स्किन हस्पिटल र डीआई डेन्टल केयरले दिने सेवामा छुट पाउने सम्बन्धी विषयमा बैंकसँग सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले ती स्वास्थ्य संस्थाले दिने सेवा उपभोग गरेबापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?