+
+

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:२४
फाइल तस्वीर

१६ साउन, काठमाडौं । एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो ।

विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ । यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो । लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ ।

माटे सडक भने विभागले १६७ किलोमिटर विस्तार गरेको जानकारी गराएको छ । विभागका अनुसार यो भने लक्ष्यको १११ प्रतिशत हो । यस आवमा माटे सडक १५० किलोमिटर विस्तारको लक्ष्य थियो । आवधिक मर्मत भने २६१ किलोमिटरमा भएको छ । यो लक्ष्यको १०४ प्रतिशत हो । यस आवमा विभागले २५० किलोमिटर मर्मतको लक्ष्य थियो ।

विभागका अनुसार एक वर्षमा २०२ वटा पुल निर्माण भएका छन् । यस वर्ष १५० वटा मात्र पुल निमार्णको लक्ष्य थियो । लक्ष्यको तुलनामा १३४ प्रतिशत प्रगति भएको विभागको विवरणमा देखिन्छ ।

खर्च कति ?

सडक विभागलाई यस आवमा ९८ अर्ब १७ करोड विनियोजन भएको थियो । जसमा ९५ अर्ब ९३ करोड पूँजीगत विनियोजन थियो ।

संशोधित बजेट भने १ खर्ब नाघेको थियो । संशोधित बजेट १ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो । खर्च भने ७४ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको देखिन्छ । यो कुल विनियोजनको ६९.५२ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागले पूँजीगततर्फ ६९.१७ प्रतिशत र चालुतर्फ ८५.४० प्रतिशत खर्च गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?