+
+

लघुवित्तको असल कर्जामा १.१ प्रतिशत मात्र जोखिम व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १७:०५

१६ साउन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा अब १.१ प्रतिशत गर्दा हुने बताएको थियो ।

बुधबार मौद्रिक नीतिको सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्तलाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो व्यवस्था चालु आर्थिक वर्षदेखि मात्रै कार्यान्वयन हुने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा उक्त व्यवस्था अनुसार कर्जा नोक्सानी व्यवस्था घटाउन नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?