+
+

काठमाडौंको २ नम्बर गल्लीमा झडप, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते २१:१४

१६ साउन, काठमाडौं । काठमाडौंको २ नम्बर गल्लीमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विजाद भएको थियो । त्यसक्रमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुनारीको मृत्यु भएको छ ।

घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुजल देउला, अमृत पुजारी, सागर देउला, रबिन्द्र पोडे, कलेनी पुजारी, टिकामाया पुजारी र सञ्जाली पुजारी प्रहरी बृत्त लैनचौरको नियन्त्रणमा छन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?