+
+

लायन्स क्लबले गर्‍यो विभिन्न क्षेत्रका ११ व्यक्ति/संस्थालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १७:५१

२० साउन, काठमाडौं। लायन्स क्लब इन्टरनेशनलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ११ जनालाई विभिन्न अवार्डबाट सम्मानित गरेको छ।

शिक्षा, स्वास्थ्य, विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको क्लबले ललितपुरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मानित गरेको हो।

सामाजिक पत्रकारिता पुरस्कार नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधान, सामाजिक/आध्यात्मिक पुरस्कार बौद्ध गुरु एवं लेखक स्यालापा टी रिम्पोन्चे, सामाजिक खेलाडी पुरस्कार कराँते खेलाडी एरिका गुरुङ र सामाजिक कर्पोरेट हाउस पुरस्कार कर्पोरेसन नेपालका रमेश कर्पोरेसनलाई प्रदान गरिएको छ।

यस्तै कर्पोरेट सोसियल पुरस्कार नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, सामाजिक सेलिब्रेटी पुरस्कार महानायक राजेश हमाल, सामाजिक ब्यूरोक्रेसी पुरस्कार नेपाल सरकारका पूर्वसिचव चन्द्र घिमिरे, खेलकुद व्यवस्थापन पुरस्कार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासलाई प्रदान गरिएको छ।

लायन्सले शिक्षासेवी अनिल केडियालाई सामाजिक शैक्षिक पुरस्कार, नेपाल व्यवस्थापन संघ अध्यक्ष मोहन ओझालाई सामाजिक व्यवस्थापन पुरस्कार र सूर्य नेपाल कम्पनीलाई कर्पोरेट सामाजिक उत्तरदायित्व पुरस्कार प्रदान गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?