+

नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा

२०८१ साउन  १७ गते ११:१७ २०८१ साउन १७ गते ११:१७
नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा

काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ ।

सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा. डा. सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुरप्रसाद वस्तीले संयुक्त रूपमा सेन्टरको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै डा. लम्सालले नेपालमा पहिलो पटक सञ्चालनमा आएको सो सेवाले मुटु तथा फोक्सोका बिरामीको उपचार प्रक्रिया सहज हुने बताए ।

प्रा. डा. ढकालले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा आएसँगै निद्रामा घुर्नेदेखि अन्य मुटु तथा फोक्सोको समस्याको पहिचान र उपचार एउटै छानामुनि एकीकृत रुपमा पाइने बताए ।

यो सेवा साताको ६ दिन नै उपलब्ध गराउने र आवश्यकता अनुसार विस्तार गर्दैं लैजाने योजना रहेका ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. वस्तीले जानकारी दिए ।

कार्डियो पल्मोनरी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?