+
+

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते ६:२२

१७ साउन, काठमाडौं । नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।

शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?