+
+

यस्तो देखियो ‘मोदीबेनी’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते ११:३०

काठमाडौं । मिथकको कथावस्तुमा आधारित फिल्म ‘मोदीबेनी’लाई प्रिमियर गरिएको छ । बिहीबार बेलुका काठमाडौंमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मी सहभागी रहे ।

प्रिमियरमा शंकर कोइराला निर्देशित फिल्मले कथावस्तु र प्राविधिक पक्षमा प्रशंसा प्राप्त गरेको छ । प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता अमरप्रताप श्रेष्ठ आकर्षणको केन्द्र बने । सारीमा सजिएकी वर्षा सुन्दर देखिएकी थिइन् ।

अमरप्रतापले चाहिं को-एक्टरसँग मिल्दोजुल्दो रङको पहिरन लगाएका थिए । अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन् । डेब्यु अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन् ।

प्रिमियरमा सांसद सोविता गौतम, कलाकारहरु रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल, दीपाश्री निरौला, शोभित बस्नेत, हिमेश पन्त पनि सहभागी थिए । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा विद्यमान सामाजिक मिथकको कथावस्तुमा फिल्म बनेको छ । यो फिल्मलाई सोसल ड्रामा र थ्रिलर जनरामा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले फिल्म हेरेपछि यसको प्राविधिक र सिर्जनात्मक पक्षको प्रशंसा गरिन् । ‘सामाजिक सम्झौताको सिद्धान्त’अनुसार समाज चल्ने तर्क गर्दै उनले सबै कुरामा मै हुँ भन्ने सोचले ल्याउने नतिजालाई फिल्मले प्रस्तुत गरेको बताइन् ।

कमेडियन पन्तले फिल्ममा रमाइलो र ट्विस्ट रहेको बताए । निर्देशक कोइरालाले आफ्नो डेब्यु फिल्मलाई लिएर प्राप्त प्रतिक्रियामा उत्साह व्यक्त गरे ।

शुक्रबार रिलिज हुने फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?