+
+

गुगलको गल्तीले डेढ करोड विन्डोज प्रयोगकर्ता खतरामा

एजेन्सी एजेन्सी
२०८१ साउन १७ गते १२:२७

गुगलको एउटा गल्तीका कारण करोडौं विन्डोज प्रयोगकर्ताहरू समस्यामा परेका छन् । गुगल क्रोममा एउटा बगका कारण डेढ करोड विन्डोज प्रयोगकर्ताहरुको पासवर्ड हराएको छ ।

यही जुलाई २४ देखि २५ सम्म यस्तो समस्या देखिएको थियो । गुगल क्रोमको यो बगका कारण चिकित्सा देखि एयरलाइन्स र बैंकिङ सेवासमेत प्रभावित भएका छन् ।

फोर्ब्सको एक रिपोर्ट अनुसार गुगल क्रोमको Change in Product Behaviour का कारण गुगल पासवर्ड म्यानेजर प्रभावित भएको छ । स्मरण रहोस्, करोडौं मानिसहरुले आफ्ना अनलाइन अकाउन्टको पासवर्ड सेभ गर्न तथा अटो फिचल गर्नका लागि गुगल पासवर्ड म्यानेजरको प्रयोग गर्ने ग्रेका छन् ।

यो बग गुगल क्रोमको M127 संस्करणमा देखिएको छ । यो बगका कारण म्याक प्रयोगकर्ता भने प्रभावित भएका छैनन् ।

यो बगको आक्रमणका कारण प्रयोगकर्ताले आफ्नो सुरक्षित पासवर्ड पनि प्रयोग गर्न सकेनन् । त्यस्तै कतिपयले आफ्नो पासवर्ड नै देखेनन् ।

करिब १८ घण्टासम्म सो बग सक्रिय थियो । जसबाट करिब डेढ करोड प्रयोगकर्ताहरु प्रभावित भएका थिए ।

यसैबीच गुगलले उक्त बगले ल्याएको समस्याका लागि माफी मागेको छ र उसले तुरुन्ते त्यसको अपडेट पनि रिलिज गर्यो । साथै उसले क्रोम ब्राउजरलाई रि स्टार्ट गर्ने सुझाव दिएको छ।

गुगल क्रोमको यो समस्याले अनलाइन पासवर्ड म्यानेजरमाथिको निर्भरताका विषयमा पनि प्रश्न उठेको छ ।

अधिकांश प्रयोगकर्तारुले अनलाइन पासवर्ड तथा अटोफिलमा निर्भर हुन्छन् र त्यसको प्रयोग गर्दछन् । तर, आवश्यक परेको बखत जब यस्तो प्राविधिक समस्या उत्पन्न हुन्छ, तब त्यसले अप्ठेरोमा पार्दछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?