+
+

स्मार्टफोनका धेरै समस्या हटाउने एन्ड्रोइड रिकभरी मोड के हो ? कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १२:३५

गुगलले स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोगकर्ताका लागि बेला बेलामा नयाँ-नयाँ फिचर उपलब्ध गराउने गर्दछ ।
एन्ड्रोइडको प्रयोग विश्वभर नै व्यापक रुपमा हुने गरेको छ र स्मार्टफोन बजारमा एन्ड्रोइडको आधिपत्य नै रहेको छ ।

एन्ड्रोइडमा कैयन् यस्ता फिचरहरु उपलब्ध हुहन्छन् जसका बारेमा धेरै प्रयोगकर्तालाई राम्रोसँग जानकारी पनि हुँदैन । यस्तैमध्ये एउटा फिचर हो, एन्ड्रोइड रिकभरी मोड । यो फिचरका माध्यमबाट विभिन्न कार्यहरु गर्न सकिन्छ।

के हो एन्ड्रोइड रिकभरी मोड ?

यो फिचरका माध्यमबाट एन्ड्रोइड डिभाइसका विभिन्न समस्या हटाउन सकिन्छ । जस्तै यदि तपाईंको फोन निकै सुस्त भएको छ, कुनै एउटा सिस्टममा अड्किएको छ वा फोनमा मालवेयरको आक्रमण भएमा पनि यो फिचर निकै उपयोगी सावित हुनसक्छ। यसका अलावा एन्ड्रोइड रिकभरी मोडको सहयोगमा फोनको र्‍याम र स्टोरेज पनि बढाउन सकिन्छ । साथै क्यास फाइलहरु पनि सफा गर्न सकिन्छ ।

एन्ड्रोइड रिकभरी मोडका विशेष फिचर्स

  • यदि तपाईं फोनमा नयाँ र्‍याम हाल्न चाहनुहुन्छ भने यो फिचरको प्रयोग गर्न सकिन्छ । साथै फोनलाई पर्सनल कम्प्युटरसँग जोडेर अपरेटिङ सिस्टम अपडेट गर्न सकिन्छ ।
  • एन्ड्रोइड रिकभरी मोडमा एउटा विशेष फिचर रहेको हुन्छ । यो फिचरका माध्यमबाट केही यस्ता फाइलहरुलाई फोनबाट हटाउन सकिन्छ जसले फोनको सिस्टममा कुनै पनि प्रकारको समस्या पैदा गर्न सक्दछ । यो फिचरको माध्यमबाट फोनको कुनै पनि सानोठूलो समस्या हटाउन सकिन्छ।
  • यसमा फोन फ्याक्ट्री रिसेटको विकल्प पनि हुन्छ । यो फिचरका माध्यमबाट फोनका सबै एप, फाइल तथा डेटालाई डिलिट गरेर फोनलाई नयाँ जस्तो बनाउन सकिन्छ । यसबाट पहिले नै डिफल्ट रहेको इन्टरफेसलाई कस्टमाइज गर्न सकिन्छ । साथै यसबाट फोनमा कस्टम रोमपनि इन्स्टल गर्न सकिन्छ ।
  • एन्ड्रोइड रिकभरी मोडलाई कसले प्रयोग गर्ने ?
  • आफ्नो डिभाइसको पावर बन्द गर्नुहोस् अर्थात् स्वीच अफ गर्नुहोस्
  • त्यसपछि पावर बटन तथा भोल्यूम बटनको माथिल्लो हिस्सा एकसाथ थिच्नुहोस् । फास्टबूट मेन्यू देखा परुन्जेलसम्म बटनहरु थिचिरहनु पर्दछ ।
  • तत् पश्चात् एन्ड्रोइड रिकभरी मोड प्रयोग गर्नका लागि डिभाइसको भोल्यूम बटनको तल्लो हिस्सा थिच्नुहोस् अनि एन्ड्रोइड रिकभरी मोडतर्फ नेभिगेट गर्नुहोस् ।
  • यसो गरेपछि पावर मोडको माध्यमबाटै एन्ड्रोइड रिकभरी मोडलाई छान्न सकिन्छ ।
  • एन्ड्रोइड रिकभरी मोड मेन्यूमा धेरै विकल्प उपलब्ध हुन्छन् । त्यसमा रि बूट, इन्स्टल अपडेट, डेटा वाइप, सिस्टम रिपेएर मोड तथा विभिन्न अत्याधुनिक फिचर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?