+
+

३९ वर्षको उमेरमै १०० बच्चाको पिता, एलन मस्कले समेत गरे यी युवाको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १३:३४

‘हामी दुई र हाम्रा दुई’भन्ने परिवार योजनाको यो नारा हामी सबैले सुनेकै हौंला र कतिपयले अपनाउनु पनि भएको छ होला । तर, रुसमा एकजना व्यक्तिले यो नाराको अर्थ र शब्द दुवै बदलिदिएका छन् । उनको सिद्धान्त छ- म एउटा, मेरा सयवटा ।

रुसका यी अर्बपति युवक प्यावेल डुरोभ ३९ वर्षका भए । अहिलेसम्म उनले बिहे पनि गरेका छैनन् । तर उनी १०० वटा बच्चाको बाउ बनिसकेका छन् ।

रिपोर्ट अनुसार साढे १३ अर्ब डलरभन्दा धेरै सम्पत्ति भएका डुरोभ रुसी सोसल मिडिया प्लाटफर्म भिकेका संस्थापक हुन् र मेसेजिङ एप टेलिग्रामका निर्माता पनि हुन् ।

उनले एक टेलिग्राम पोष्टमा आफू बिहे नै नगरिकन कसरी यतिधेरै बच्चाको पिता बन्न सके भन्ने कुरा बताएका छन् ।

आफ्नो पोष्टमा उनले आफू १००  जना बच्चाको जैविक पिता भएको खुलासा गरेका हुन् ।
यतिधेरै बच्चाको जैविक पिता बनिसक्दा पनि उनलाई बिहे गरेर घर बसाउने रहर छैन । उनलाई एक्लै बस्न मन पर्दछ ।

वास्तवमा डुरोभ एकजना शुक्रकिट दाता हुन् । उनले अहिलेसम्म १२ देशमा करिब १०० जोडीलाई सन्तानलाभमा सहयोग गरिसकेका छन् । उनले १५ वर्षअघि आफ्नो एकजना साथीको अनुरोध पछि शुक्रकिट दान गर्न सुरु गरेका थिए ।

प्यावेल डुरोभका अनुसार उनका साथीका दम्पतिलाई सन्तानको चाहना थियो तर गर्भाधानसम्बन्धी समस्याका कारण बच्चा जन्मउन सकेका थिएनन् ।

वास्तवमा उनका साथीमा बाँझोपन थियो । अन्ततः क्लिनिकमा ती साथीलाई सन्तान प्राप्तिका लागि उत्तम विकल्प शुक्रकिट दान हुने बताइयो । त्यसपछि उनले डुरोभलाई सम्पर्क गरे र शुक्रकिट दान गर्न अनुरोध गरे ।

क्लिनिकका डाक्टरहरुले पनि उनलाई सकेसम्म धेरै वीर्यदान गर्न भने । किनकि उनको शुक्रकिटले धेरै निसन्तान दम्पतीहरुलाई सहायता पुग्न सक्दथ्यो ।

त्यसपछि डुरोभले खुसीसाथ शुुक्रकिट दान गरे । त्यसयता उनले आफ्ना मित्रलाई मात्र होइन विभिन्न १२ वटा देशमा करिब १ सय दम्पतीहरुलाई आमाबुवा बन्न सहयोग गरिसकेका छन् ।

प्यावेल डुरोभको उक्त टेलिग्राम पोष्टपछि सोसल मिडियामा प्रतिक्रियाको बाढी नै आएको छ । कतिपयले उनको मजाक उडाएका छन् भने कतिले उनको प्रसंसा पनि गरेका छन् ।

अर्बपति एलन मस्कले पनि त्यस विषयमा टिप्पणी गर्दै डुरोभको तुलना मंगोल सम्राट चंगेज खाँसँग गरेका छन् ।

चंगेज खाँसँग विश्वको सबैभन्दा शक्तिशाली सेना थियो र धेरै सन्तान थिए । यद्यपि उनका ठ्याक्कै कति सन्तान थिए भन्ने गणनाको हिसाब छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?