+
+

बंगलादेशमा फेरि भड्कियो हिंसा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १४:०७

१७ साउन, काठमाडौं । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।

विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।

उत्तरपूर्वी नगर सिलहटका एक अधिकारीलाई बीबीसीले उद्धृत गर्दै लेखेअनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

विद्यार्थीहरूले ‘मार्च फर जस्टिस’ नामबाट प्रदर्शन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?