+
+

मोदीको सपथमा सहभागी नेपाली टोलीको खर्च साढे २० लाख 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १५:१७
फाइल तस्वीर

१७ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

२७ जेठ २०८१ का दिन प्रचण्ड मोदीको सपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएका थिए । सो क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट समेत गरेका थिए ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २० लाख ४० हजार रुपैयाँ खर्च भुक्तानी गर्ने प्रयोजनका लागि अख्तियारी प्रदान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?