+
+

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १५:२६
फाइल तस्वीर

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गरेका थिए । उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन् ।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?