+
+

‘किल’देखि ‘लर्ड्स अफ द रिङ्स’सम्म, अगस्टमा के-के आउँदैछन्  ओटीटीमा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १६:५१

काठमाडौं । नयाँ अंग्रेजी महिना अगस्ट सुरु भएसँगै ओटीटी प्लाटफर्ममा फिल्म र सिरिजको लाइनअप तयार भएको छ । यस महिना दर्शकले ओटीटीमा प्रतीक्षित फिल्महरु ‘किल’, फिर आई हसिना दिलरुबा, मुन्ज्या र एमिली इन पेरिस हेर्न पाउनेछन् ।

तापसी पन्नु, विक्रान्त मास्सी र सन्नी कौशल अभिनित ‘फिर आई हसीन दिलरुबा’ अगस्ट ९ मा नेटफ्लिक्समा प्रिमियर हुनेछ । यो रोमान्टिक थ्रिलर २०२१ को फिल्म ‘हसीन दिलरुबा’ सकिएकै कथाबाट पुनः सुरु हुनेछ ।

नेटफ्लिक्सको वृत्तचित्र ‘मोडर्न मास्टर्स : एसएस राजमौली’ले फिल्म निर्माताको यात्रालाई पेश गर्छ । यसमा उनको परिवार, प्रभास, राम चरण, जुनियर एनटीआर र राणा दग्गुबाती जस्ता कलाकारसँगको अन्तर्वार्ता समावेश छ । यो डकुमेन्ट्री अगस्ट २ बाट उपलब्ध हुनेछ ।

ओवेन टीग, फ्रेया एलन, केभिन डुरान्ड र पिटर म्याकन अभिनीत हलिउड फिल्म ‘किङडम अफ द प्लानेट अफ एप्स’ले एक जवान चिम्पान्जीको मान्छेसँगको साहसिक यात्राको कथा भन्छ । यो फिल्म डिज्नी प्लस हटस्टारमा अगस्ट २ मा स्ट्रिमिङ सुरु हुनेछ ।

लक्ष्य लालवानी र राघव जुयालको अभिनय रहेको भारतीय एक्सन फिल्म ‘किल’ अगस्टको मध्यमा डिज्नी प्लस हटस्टारमा आउने अपेक्षा छ ।

लोकप्रिय शो ‘एमिली इन पेरिस’ चौथो सिजनसहित दर्शकमाझ आउँदैछ । पहिलो भाग नेटफ्लिक्समा अगस्ट १५ देखि उपलब्ध हुनेछ । दोस्रो भाग सेप्टेम्बरमा रिलिज हुनेछ । यो श्रृंखलामा लिली कोलिन्स, एश्ले पार्क, लुसियन लेभिस्काउन्ट र क्यामिल रजतले अभिनय गरेका छन् ।

के-पप ब्याण्ड बीटीएसका फ्यानले जिमिन र जंगकुकको नयाँ ट्राभल रियालिटी शो ‘बीटीएस : आर यु स्योर ?’ अगस्ट ८ मा प्रिमियर हुँदैछ । यो सिरिज दुई एपिसोडको छ । यो शोले उनीहरू अनिवार्य सैन्य सेवामा प्रवेश गर्नुअघि अमेरिकाको न्युयोर्क, दक्षिण कोरियाको जेजु टापु र जापानको सपोरोमा प्रस्तुत गरेको साहसिक कार्यलाई प्रस्तुत गर्छ ।

‘मुन्ज्या’ अगस्टभित्र डिज्नी हटस्टारमा आउनेछ । ‘लर्डस् अफ द रिङ्स : रिङ्स अफ द पावर’ अगस्ट २९ मा अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुनेछ । अगस्टभित्रै ‘चन्दु च्याम्पियन’ अमेजन प्राइममा आउनेछ ।

यसै महिना नेटफ्लिक्समा ‘इण्डियन २’, अगस्ट १ मा जियो सिनेमामा ‘ड्युन : पार्ट २’ आउनेछ ।

हलमा केके आउँदैछन् ?

अजय देवगण, तब्बु र जिमी शेरगिल अभिनित ‘औरों मे कहाँ दम था’ हत्याका कारण टुटेको जोडीको बारेमा भनिएको रोमान्टिक थ्रिलर हो । यो अगस्ट २ मा हलमा प्रदर्शन तयारीमा छ ।

जान्हवी कपुरको फिल्म ‘उलझ’ पनि अगस्ट २ मा हलमा रिलिज हुँदैछ । यसमा कलाकार गुलशन देवैया, रोशन म्याथ्यु, राजेश तैलाङ, आदिल हुसेन र मेइयाङ चाङ छन् ।

श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी र अभिषेक बनर्जीको अभिनय रहेको ‘स्त्री २’ अगस्ट १५ मा रिलिज तयारीमा छ । यो थ्रिलरलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

दमनविरुद्ध उभिने महिलाको सत्य घटनामा आधारित जोन अब्राहम र शर्वरी वाघ अभिनित ‘वेद’ पनि अगस्ट १५ मा रिलिज हुँदैछ । मुदस्सर अजिजको निर्देशनमा बनेको फिल्म ‘खेल खेल मे’मा अक्षय कुमार, तापसी पन्नु, वाणी कपुर, एमी विर्क, आदित्य सील र प्रज्ञा जैसवालको अभिनय छ । यो फिल्म पनि अगस्ट १५ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?