+
+

टप १० ब्रोकर कम्पनीले कतिको सेयर बेचे, कति किने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १७:३२

१७ साउन, काठमाडौं । बिहीबार बजारमा कुल २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । यो कारोबार रकममध्ये टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत छ ।

यस दिन टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री रकम धेरै देखिन्छ । यी १० ब्रोकर कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँको धितोपत्र खरिद गर्दा ७ अर्ब ९५ करोड रुपैयाँको बिक्री गरे ।

५ ब्रोकर कम्पनीको खरिद धेरै छ भने ५ को बिक्री धेरै छ । इम्पेरियल, सनी, आर्यतारा, डायनामिक र दिपशिखामार्फत खरिद धेरै भएको छ । नासा, भिजन, अनलाइन अग्रवाल र एबीसी सेक्युरिटीमार्फत बिक्री धेरै भएको छ ।

सबैभन्दा धेरै कारोबार गरेको नासा सेक्युरिटीजमार्फत १ अर्ब १४ करोडको धितोपत्र खरिद गर्दा १ अर्ब ७२ करोडको बिक्री भएको छ । त्यस्तै इम्पेरियलमार्फत भने ९० करोडको धितोपत्र बिक्री हुँदा १ अर्ब १४ करोडको खरिद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?