+
+

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १७:४६

१७ साउन, काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका हुन् ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?