+
+

२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १८:०९
Photo Credit : RSS

१६ साउन, काठमाडौं । विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् ।

आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) पुगेको छ । ती २२ वटा संस्थाले नर्सिङ पढाउने चाहेका छन् । तर, यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यअगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने सम्बन्धित संस्थाहरुको माग छ ।

यो मागका सम्बन्धमा छलफल गर्न बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका संस्थाहरुलाई सम्बन्धन दिन निर्देश गरेको हो ।

‘प्रावधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त र प्रक्रिया पुरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ समितिको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?