+
+

९.९९ प्रतिशतमै कर्जा दिने महालक्ष्मी विकास बैंकको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १८:२८

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ ।

महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा उपलब्ध गराउने घोषणा बैंकले गरेको हो ।

बैंकका अनुसार महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

साना तथा मझौला व्यवसायी कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्ष अवधीसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ ।

ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

कर्जाका लागि बैंकको क्यूआरमार्फत पनि ग्राहकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?