+
+

रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण आयोगमा बुझायो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १९:४५

१७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।

असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनको कारबाही गर्दै मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट पदमुक्त गरेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम राजनीतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था छ ।

रास्वपाले सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिएको छ ।  कार्यवाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता मनिष झाले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?