+
+

क्यूएफएक्सको सिटी स्क्वायर मलस्थित फिल्म हल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते २१:०६

काठमाडौं । सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्सको नयाँ हल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

विहिबार बेलुका आयोजित समारोहमा दीपकराज गिरी, प्रकाश सपुत, नीति शाह, किरण केसी, रमेश उप्रेती, निर्मल शर्मा, जितु नेपाल लगायतका कलाकारले रिबन काटेर हल शुभारम्भ गरे ।

गत महिनादेखि सफ्ट-ओपनिङ भएपनि शुक्रबारदेखि औपचारिकरुपमा हल संचालनमा आउने हल संचालक तथा उद्यमी सुमित मैनालीले जानकारी दिए । हलको ब्यवस्थापन क्यूएफएक्सले गर्नेछ ।

३ पर्दा रहेको हलको सिट संख्या ४९५ छ । यो सँगै काठमाडौं उपत्यकामा क्यूएफएक्स हलको संख्या ७ र काठमाडौंबाहिर १० पुगेको छ ।

यो हलमा नेपालमा पहिलोपटक अरोम्याक्स च्यानल ३२ ध्वनी प्रविधि जडान गरिएको छ । साउण्ड सिस्टमको यो पछिल्लो अपडेसँगै दर्शकले फिल्ममा आनन्द लिन सक्ने जनाइएको छ ।

बेल्जियमको कम्पनी बार्को लेजर्सको अत्याधुनिक प्रोजेक्सन सिरिज फोर पनि जडान गरिएको छ । फिल्म हेर्दा दर्शकले अत्याधुनिक दृश्य प्रभाव र रोमाञ्चक ध्वनी, प्लाटिनम सोफा र लाउन्जर सिट्मा बसेर अनुभव गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

मैनालीले संचालनमा ल्याएको दरबारमार्गस्थित क्यूज हलको पनि व्यवस्थापन क्यूएफएक्सले हेरिरहेको छ । इलेमेन्ट्स मूभिज प्रालिले यो हल संचालनमा ल्याएको हो ।

गोंगबु, सामाखुसी, टोखा लगायत क्षेत्रका दर्शकलाई फिल्म हेर्न उक्त मलमा पायक पर्ने आशा पनि क्यूएफएक्सले लिएको छ । गतमहिनादेखि पोखरा र चितवनमा क्यूएफएक्सका दुई नयाँ हल संचालनमा आइसकेका छन् ।

क्यूएफएक्स सिनेमाज सिटी स्क्वायर मलमा दर्शकले शुक्रबारदेखि हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’सहित हिन्दी र नेपाली फिल्म हेर्न पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?