+

काभा बिच भलिबलमा नेपालले भुटानलाई हरायो

२०८१ साउन  १८ गते १०:२५ २०८१ साउन १८ गते १०:२५
काभा बिच भलिबलमा नेपालले भुटानलाई हरायो

१८ साउन, काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ ।

राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटान बी टिमलाई २-० को सेटमा पराजित भएको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले आजै र्ज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २-० को सेटमा पराजित भएको हो ।

कमला पुनर  मनिषा चौधरी सम्मिलिति नेपालले महिलातर्फ आज भुटान र माल्दिभ्ससँग खेल्नेछ ।महिलातर्फ पहिलो खेलमा नेपालले उज्वर्किस्तानलाई पराजित गरेको थियो ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् । तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोद्यी सहभागी छन् ।

काभा बिच भलिबल च्याम्पियनसिप बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय