+

काभा वुमन्स नेसन्स लिगमा आज दुई खेल हुँदै

२०८१ साउन  १८ गते १०:३१ २०८१ साउन १८ गते १०:३१
काभा वुमन्स नेसन्स लिगमा आज दुई खेल हुँदै

१८ साउन, काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा उपाधि दाबेदार इरानले श्रीलंकासँग खेल्देछ । खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

बिहीबार भएको उद्घाटन खेलमा श्रीलंका घरेलु टोली नेपालसँग सोझो सेटमा पराजित भएको थियो । यस्तै इरानलाई भारतले ३-१ को सेटमा पराजित गरेको थियो । भारत विरुद्ध एक सेट जितेको इरान श्रीलंकालाई हराउँदै पहिलो जितको लक्ष्यमा छ ।

अर्को खेलमा भारतले माल्दिभ्ससँग खेल्नेछ । यो खेल राखेप कभर्डहलमै साँझ सवा ५ बजे सुरु हुनेछ । पहिलो खेलमै इरानलाई हराएको भारत उच्च मनोबलमा छ । सहभागी पाँच टोलीमध्ये तुलनात्मक रुपमा कमजोर माल्दिभ्स भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ । लिग चरणका खेलहरुपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

काभा वुमन्स नेसन्स लिग भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय