+
+

घनश्याम खड्काको गैरआख्यान पुस्तक ‘आनन्द संहिता’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते ११:३५

काठमाडौं । लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ सार्वजनिक भएको छ । पुस्तकलाई अल्केमी पब्लिकेसन्सले बजारमा ल्याएको हो ।

मानिसले जीवनमा सबै काम आनन्द पाइएला कि भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी घेर्न किन पुग्छ र त्यस अवस्थामा कसरी मुक्त हुने भन्नेबारे पुस्तकमा अन्तदृष्टियुक्त विवेचना गरिएको छ ।

‘जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीक विपरीत हात लाग्ने हुनाले आम रुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको छ,’ पुस्तकका सम्बन्धमा प्रकाशक संस्था अल्केमीले भनेको छ, ‘यद्यपि, खोजलाई समुचित ढंगले ठीकठीक विधिका साथ अगाडि बढाउन सके जो–कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव छ भन्ने सत्यको आलोकमा पुस्तक विरचित छ जो आनन्द चाहने सबका लागि उपयोगी पठन हो ।’

खड्काद्वारा सिर्जित गैरआख्यान पुस्तक ‘आनन्द संहिता’को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भूत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधि समेत छ । पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठूला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटाहरुका बारेमा पनि सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?