+
+

धेरै सेवा निःशुल्क तर गुगलले कसरी गर्छ आम्दानी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:२२

काठमाडौं । गुगल एक विश्व प्रसिद्ध प्रविधि कम्पनी हो जसका विभिन्न सेवाहरु विश्वका करोडौं मानिसले प्रयोग गर्दछन् । प्रविधिका धेरै क्षेत्र, जस्तै अपरेटिङ सिस्टम र सर्च इन्जिनमा संसारमै गुगलको एकाधिकार तथा आधिपत्य छ भन्दा फरक पर्दैन ।

गुगलका सर्च इन्जिन तथा एन्ड्रोइड अपरेटिङ सिस्टम जस्ता सेवाहरुबाट संसारका धेरै मानिस लाभान्वित हुँदै आएका छन् । गुगलका यी धेरै लोकप्रिय सेवाहरु निःशुल्क रुपमा उपलब्ध छन् ।

तर गुगल यस्तो कम्पनी हो जसले हरेक हरेक वर्ष ३ खर्ब डलरभन्दा धेरै रकम आम्दानी गर्दछ । गुगलले प्रयोगकर्तालाई अधिकांश सेवा निःशुल्क उपलब्ध गराउँदा समेत यति धेरै आम्दानी कसरी गर्दछ छ ? आउनुहोस् यसबारेमा जानौँ ।

अपरेटिङ सिस्टमबाट आम्दानी

विश्व स्मार्टफोन बजारमा एन्ड्रोइडको बर्चस्व छ । स्मार्टफोन अपरेटिङ सिस्टममा एन्ड्रोइडको हिस्सा करीब ८५ प्रतिशत रहेको छ ।

गुगलको अपरेटिङ सिस्टम स्मार्टफोनमा मात्र होइन स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीमा पनि रहेको छ । स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीको अपरेटिङ सिस्टमका लागि गुुगलले कुनै शुल्क लिँदैन ।

तर गुगलले अपरेटिङ सिस्टमबाट मोटो कमाइ गरिरहेको हुन्छ । एन्ड्रोइडबाट गुगलले आम्दानी गर्ने प्रमुख स्रोत गुगल प्ले स्टोर, गुगल प्ले म्युजिक, गुगल प्ले बुक, गुगल प्ले गेम्स, गुगल प्ले मुभी एण्ड टिभी, गुगल प्ले न्युजस्टाण्ड रहेका छन् ।

विज्ञापन

गुगलको आम्दानीको मुख्य स्रोत विज्ञापन नै हो । हामीलाई थाहै छ कि गुगलले प्रयोगकर्तालाई धेरै विज्ञापन देखाएर राम्रो कमाइ गर्दछ । तपाईंले प्रायः स्मार्टफोन, ट्याबलेट तथा अन्य डिभाइसमा गुगलका कैयन् विज्ञापन देख्नुभएकै होला । धेरैले त यी विज्ञापनमा ध्यान दिँदैनौँ । तर गुगलले तिनै विज्ञापनबाट निकै राम्रो आम्दानी गरिरहेको हुन्छ ।

गुगलले आफ्नो सर्च इन्जिनका अलावा युट्युब तथा गुगल म्यापबाट समेत आम्दानी गरिरहेको हुन्छ ।

त्यस्तैै गुगलले गुगल क्लाउड तथा गुगल ड्राइभ सब्सक्रिप्सनबाट पनि पैसा कमाउँदछ ।

स्मरण रहोस् गुगलले आफ्नो नेभिगेसन सर्भिसका माध्यमबाट पनि मोटो रकम कमाएको हुन्छ । गुगलले यसका लागि विश्वभर धेरै एग्रिगेटर अर्थात् संकलकसँग साझेदारी गरेको छ ।

यो सेवाको प्रयोगका लागि एग्रिगेटरबाट उनीहरुको आम्दानीको करीब ३० प्रतिशत हिस्सा गुगलले असुल्दछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?