+
+
फ्राइडे रिलिज :

हलमा लागे सामाजिक कथाको ‘मोदीबेनी’देखि सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’सम्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:५१

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘मोदीबेनी’, हलिउडको बहुप्रतीक्षित ‘डेडपुल एण्ड वुल्भरिन’ र बलिउडको ‘औंरो में कहाँ दम था’ हलमा प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘मोदीबेनी’ पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको मिथकको कथावस्तुमा आधारित छ । शव उठेर हिंड्ने र त्यसले समाजमा विपत्ति ल्याउने मिथकको कथामा फिल्म आधारित छ ।

फिल्मको शीर्ष भूमिकामा वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा र सरोज खनालले अभिनय गरेका छन् । शंकर कोइराला निर्देशित ड्रामा जनराको फिल्मको रनटाइम ११५ मिनेट र सेन्सर सर्टिफिकेट पीजी छ ।

शुक्रबार कमल एक्चाइ मगर निर्देशित फिल्म ‘शीरफूल’ पनि रिलिज भएको छ । सीमित हलमा मात्र रिलिज भएको यो फिल्ममा रुपा राना, राज थापा, मरिस्का पोखरेलको अभिनय छ । मगर समुदायको संस्कृति र सम्बन्धको कथावस्तुमा फिल्म बनेको छ ।

शुक्रबारै नेपालमा हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ रिलिज भएको छ । अन्तर्राष्ट्रिय बजार भन्दा नेपालमा एक साता ढिलो रिलिज भएपनि बिहानैदेखि मल्टिप्लेक्समा यो फिल्मको शो खचाखच देखिएको छ ।

लामो समयको अन्तरालपछि नेपालमा मार्वल-डिज्नीको फिल्म रिलिज भएको हो । सान लेभी निर्देशित यो एक्सन-कमेडी फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्र डेडपुल र वुल्भरिनको कथामा आधारित छ ।

अंग्रेजी भाषाको यो फिल्ममा रायन रेनोल्ड्स, हयुज ज्याकम्यान र मोरिना बाकारिनको शीर्ष भूमिका छ । ब्रह्माण्डको अस्तित्वका लागि दुई नायकले लड्ने लडाइँको कथा यसमा छ । एडल्ट सर्टिफिकेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा तलका बालबालिकाले हेर्न पाउँदैनन् । फिल्मको रनटाइम १२८ मिनेट छ ।

हिन्दी भाषाको फिल्म ‘औंरो मे कहाँ दम था’मा अजय देवगण, तब्बु र जिम्मी शेरगिलको प्रमुख भूमिका छ । रोमान्टिक र थ्रिलर प्रेमकथामा बनेको यो फिल्मलाई नीरज पाण्डेले निर्देशन गरेका हुन् । एक्सन, ड्रामा र रोमान्स जनरामा राखिएको फिल्मको रनटाइम १५० मिनेट र सर्टिफिकेट पीजी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?