+
+

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १३:०९

१८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?