+
+

‘भ्वाइस किड्स’मा चारैजना कोचको ‘ड्रीम टिम’ तयार, ‘एलिमिनेसन’ चरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १३:४६

काठमाडौं । अहिले ‘भ्वाइस किड्स’मा लाइभ राउण्ड चलिरहेको छ । पछिल्लो साता चारैजना कोचको ड्रीम टिम पनि तयार पनि भइसकेको छ । ‘ड्रीम टिम’मा एक जना कोचका चार प्रतिस्पर्धी हुँदा चारै कोचका गरी २४ जना प्रतिस्पर्धी छन् ।

शुक्रबारदेखि ‘एलिमिनेसन’ चरण सुरु हुनेछ । कम मत ल्याउने चारजना प्रतिस्पर्धी शुक्रबार र अन्य चार जना शनिबारको एपिसोडबाट बाहिरिनेछन् । आउने साता कम मत ल्याउने थप आठ जना प्रतियोगिताबाट बाहिरिनेछन् ।

टिम मिलन नेवारमा अबल मेनयाङ्बो लिम्बू, रिञ्जिन डोल्मा लामा, समीक्षा दाहाल, नुनिङ तामाङ, अश्विन भारती र गरिमा अधिकारी छन् । टिम प्रमोद खरेलमा प्रत्युष मैनाली, प्रज्ज्वल काफ्ले, सृशान्त प्रधान, लाक्पा डेमा शेर्पा, अनुह्या तामाङ र तुलसा थापा छन् ।

टिम मेलिना राईमा आयुष लामा, सान्वी यादव, तुफान मगर, गणेश विश्वकर्मा, प्रीतम राई र सिम्ला धितालले प्रतिस्पर्धा गरिरहेका छन् । टिम छेवाङ लामामा छेसाङ तामाङ, अयुभ लामा, आँचल बसेल, दृष्टिका प्रधान, तेनिशा परियार र आयन थापा छन् ।

यीमध्ये ८ जनाले मात्र फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ‘भ्वाइस किड्स’ हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण र साढे ८ बजे द भ्वाइस अफ नेपालको युट्यब च्यानलमा स्ट्रिमिङ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?