+
+

रास्वपाको बन्द कार्यशालामा छलफल-अरु दलभन्दा हामी किन भिन्न ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १६:२१

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बन्द कार्याशालाका लागि समूह विभाजन गरेको छ । शुक्रबार बिहानदेखि सुरु भएको दुई दिने ‘क्लोज क्याम्प’मा विषयगत छलफल गर्न समूह विभाजन गरिएको रास्वपाले जनाएको छ ।

शनिबार साँझ ७ बजे सकिने बन्द कार्याशालामा विचार, संगठन मूल्य-मान्यता, संसदीय मामिला, विभाग, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियान लगायतमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । विचार अन्तर्गत अर्थराजनीति, शासकीय स्वरुपमा छलफल गर्ने रास्वपाले जनाएको छ ।

संगठनबारे पनि यो बैठकले नयाँ नीति लिने गरी छलफल चलाउने भएको छ । संगठन ढाँचा र आकारका विषयमा छलफल गरिने नेताहरुले जानकारी गराएका छन् । साथै, ‘राइट टु रिकल’ सन्दर्भमा पनि नेताहरुले आफ्ना तर्क राख्नेछन् । प्राइमरी, पार्टी, जनरल इलेक्सन, राष्ट्रिय भेला लगायतमा नेताहरुका धारणा पार्टीले लिने भएको छ ।

अन्य दल भन्दा रास्वपा के के कारणले भिन्न छन् ? भन्ने पार्टीको मूल्य मान्यतामा छलफल हुने भएको छ । बन्द कार्यशालामा दलको आचारसंहिता, सबल र दुर्बल पक्ष, अवसर र चुनौतीको विश्लेषण, रास्वपा डीनएएमा छलफल गरी नयाँ दिशा तय गर्ने रास्वपाले जनाएको छ ।

रास्वपाको यसै बैठकले सदनमा उठाउनुपर्ने जनताका ५ मुद्दा छनोट गर्ने भएको छ । साथै विभागहरुको सहकार्यक र समन्वयमा पनि छलफल हुनेछ ।

केन्द्रीय कार्यालय जारी बैठकले पार्टीको भावी रणनीति तय गर्नेछ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएको रास्वपाले जानकारी गराएको छ ।

रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न बन्द कार्यशाला आयोजना गरिएको रास्वपाले जानकारी गराएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द कार्यशाला प्रदेश तहमा समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?