+
+

जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न कृषिमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १६:३४

१८ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मातहतका कार्यालयलाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएक एक कार्यक्रममा उनले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको बताए ।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए । ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्न त पाइएन नि ! केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु’, उनले भने ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?